यू–२१ राष्ट्रिय फुटबल टोलीमा २० सदस्यीय छनोट

0
260

काठमाडौँ, फागुन १ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जानकारी गराएको छ ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई जिम्मेवारी दिइएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताएका छन् ।

नेपाली टोलीमा गोलकिपर सोजित गुरुङ, सूर्य अधिकारी, विष्णुकुमार केसी, असिम भुसाल, विश्वास उदास, मिक्छेन तामाङ, डिफेण्डरमा राजन गुरुङ, गौतम श्रेष्ठ, अरिक विष्ट, मिनस थापा, रणदिन पौडेल, छिरिङ गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी तथा फरवार्डमा रेजिन सुब्बा, राजीव लोप्चन, धीरज श्रेष्ठ, प्रोजन तामाङ छन् । कप्तानको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here