कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै

0
496

काठमाडौँ, मङ्सिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले उक्त बैठकमा आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने जनाएका छन् ।

महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ ।

यसअघि महासमिति बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारेर मङ्सिर २८ गतेका लागि सारिएको छ ।

बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थिति हुन अनुरोधसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here