करेन्ट लागेर एकको मृत्यु

0
62

गौशाला, कात्तिक ११ । करेन्ट लागेर महोत्तरीको जलेश्वर नगरपालिका–५ मा १५ वर्षीय किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा उनको विद्युत् चुहावट हुँदा मृत्यु भएको प्रहरीले बताएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here