नेपाल–अफ्रिका चलचित्र महोत्सव सोमबारदेखि हुँदै

0
48

काठमाडौँ, मङ्सिर ३ । ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ आगामी सोमबारदेखि हुने भएको छ । नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदान गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझै बलियो र प्रगाढ बनाउने हेतुले महोत्सव आयोजना गर्न लागिएको जानकारी गराइएको छ ।

उक्त चलचित्र महोत्सव कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)ले गर्न लागेको हो । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा दुई दिनसम्म हुने सो महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शनी गरिने महोत्सवका निर्देशक डा मञ्जु मिश्रले बताएकी छिन् ।

उक्त चलचित्र महोत्सवमा विदेशी चलचित्र निर्देशकले समेत सहभागीता रहनेछ । महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र छायालगायतको प्रदर्शन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here