एएफसी यु–१९ छनोटमा नेपालले दोश्रो खेलमा भारतसँग भिड्दै

0
54

काठमाडौँ, कात्तिक ९ । नेपालले एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा आज दोस्रो खेल अन्तर्गत भारतसँग भिड्दैछ ।

आज थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने चुनौती देखिन्छ ।

पहिलो खेलमा नेपाल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले पछि पारेको थियो । कात्तिक ११ गतेसम्म चल्ने छनोट खेलमा नेपाल समूह ‘बी’ चरणमा परेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । प्रतियोगितामा एक/एक खेल जितेको भारत र थाइल्याण्डसँग तीन÷तीन अङ्क छ भने नेपाल र पाकिस्तान सुन्य अंकमा छन् । नेपालले समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो । पहिलो खेलमा पाकिस्तानविरुद्ध फराकिलो अंकले जित निकालेको भारत उच्च मनोबलका साथ मैदान उत्रदैछ भने पहिलो खेलमा पराजित नेपाल केही चुनौती हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here