मृत्यु संस्कार परिमार्जन गरिनुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड

0
233

घोराही, पुस २६ । मृत्यु संस्कारमा पनि पछिल्लो समय बहस आवश्यक भएको प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् ।

परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समय अनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको हुनाले छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्यु संस्कारको विषयमा बहस चलाउनु पर्ने उनको भनाइ छ ।

आधुनिकता र व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै समाजले यसलाई परिमार्जन गरिनुपर्नेमा उनले जोड दिए । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२ आँै दिनको अवसरमा नगर प्रमुख चौधरीको घरमा नेपाल कम्युनिष्ट पाटीले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै उनले अब समाज सुधारलाई ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

यस्तो विषयलाई क्रमशः जनताको साथ लिएर, जनताको अभिमतबाट मात्रै सामाजिक संस्कार सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् । समाजलाई सँगसँगै लिएर मात्रै समाज सुधारमा लागे त्यो सार्थक रहने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here