गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रम सहित दोस्रो नगर सभा गोदावरी सम्पन्न

0
321

ललितपुर,असार १० । आर्थिक वर्ष २०७५ र ०७६ को नीति तथा कार्यक्रम सहित दोस्रो नगर सभा गोदावरी नगरपालिकाले सम्पन्न गरेको छ । हाम्रो गोदावरी राम्रो गोदावरी भन्ने मूल नाराका साथ भौतिक पूर्वाधारको विकास, आधारभूत स्वास्थ्य र शिक्षा, सडक निर्माण स्तरउन्नति, कृषि र पर्यटनको व्यवसायीकरण, खेलकुद क्षेत्रको विकास, सांस्कृतिक सम्पदाको संरक्षण र समृद्धि सहितको योजनासहित नगरप्रमुख गजेन्द्र महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले आ.ब. २०७५र ०७६ लागि ७८ करोड २२ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।

नगरसभाले संघबाट प्राप्त हुने रु ५८ करोड ८७ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड, जिल्ला समन्वय समिती बाट प्राप्त हुने रु पाँच करोड आन्तरिक आयबाट हुने रु ११करोड सडक बोर्ड नेपालबाट रु ३५ लाख गरी जम्मा ७८ करोड २२ लाख १५ हजारको बजेट प्रस्तुत गरेको हो । 

ललितपुर क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री पम्फा भुसालको प्रमुख आथित्यतामा भएको उक्त नीति तथा कार्यक्रममा क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाल, क्षेत्र नम्बर २ का सांसद राजकाजी महर्जन, पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, प्रदेश नम्बर ३ का सांसद सुशीला पुन, चेतनाथ संञ्जेल लगायतका नेताहरुले गोदावरी नगरपालिका लाई नमुना नगरपालिकाको रुपमा विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने धारणा राखे ।

कार्यक्रममा गोदावरी नगरपालिका १४ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कर्मचारी, स्वास्थ्य, स्वयंसेविका, शिक्षक, सेना, प्रहरी पत्रकारहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गोदावरी नगरपालिका निवासी पत्रकार कल्पना महर्जनलाई सम्मान गरिएको थियो ।

साभार ः मिडिया संचार डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here