पूर्वसांसद गोल्छाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

0
368

काठमाडौँ, चैत २७ । पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको मङ्गलबार राति भारतको चेन्नइमा उपचारका क्रममा निधन भएको छ । गोल्छा मिर्गाैलासम्बन्धी समस्याबाट पीडित भई उपचारत अवस्थामा मङ्गलबार राति निधन भएको हो । उनको निधनले समग्र उद्योगपति मात्र नभएर सारा देशवासी दुःखी भएका छन् ।

गोल्छाको निधनप्रति नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गरेका छन् ।

साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । स्व गोल्छा विसं २०६४ को संविधानसभामा काङ्ग्रेसका तर्फबाट सभासद् भएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका स्व गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्वका रुपमा चिर परिचत व्यक्ति हुन् । औद्योगिक क्षेत्रमा उनकने फक पहिचानका साथ देशका हजारौको उद्योगपतिका प्रेरणाका स्रोत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here