बर्दियामा हावाहुरीका कारण क्षति

0
97

बर्दिया, जेठ २४ । बिहीबार राति गएको हावाहुरीका कारण बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको जानकारी गराइएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक मदनजित महराका अनुसार सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको छ । प्रहरी नायब उपरीक्षकले घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको जानकारी गराएका छन् ।

करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ । हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन् । हावाहुरीेले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पु¥याएको छ ।

हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले हाल जिल्लाभर विद्युत् आपूर्ति टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here