सर्वसाधारणलाई पायक पर्ने ठाउँमा बागमती गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाईको शुभारम्भ

0
256

ललितपुर, चैत्र १९ । बागमती गाउँपालिकाको माझ खण्डमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ। स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बागमती गाउँपालिका वडा नम्बर ५ को माझखण्डमा सोमबार एक कार्यक्रमबीच स्वास्थ्य इकाईको शुभारम्भ गरिएको हो।

इकाईको शुभारम्भ गर्दै गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले सामान्य बिरामी पर्दा समेत एक घण्टा टाढाको बाटो हिँडेर स्वास्थ्यचौकी पुग्नुपर्ने भएकाले इकाईको स्थापना गरिएको जानकारी गराएका छन् । १२० भन्दा बढी घरधुरी रहेको, जनजातीको मात्र बसोबास रहेको उक्त स्थान स्वास्थ्य चौकीको पहुँच भन्दा बाहिर रहेकाले त्यहाँका सर्वसाधारणलाई घर पायक स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य इकाई स्थापना गरिएको अध्यक्ष लोप्चनले स्पष्ट पारेका छन् ।

कार्यालय अभावका कारण खोप केन्द्रको भवनबाट सेवा सञ्चालन शुरु गरिएको इकाइमा सोमबारबाट १ जना अनमि र १ जना सिएमएले नियमित रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख राजकुमार सापकोटाले जानकारी गराएका छन् ।

सोही वडाका वडा अध्यक्ष साजन दर्लामि मगरले स्वास्थ्य इकाई भवन निर्माणका लागि प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको र उक्त रकमबाट तीन कोठे पक्की भवन निर्माण कार्य सुरु गरिसकेको बताएका छन् ।

इकाईबाट गाउँपालिका वडा नम्बर ६ आश्राङ माथिल्लो गाउँका बासिन्दाले समेत स्वास्थ्य सेवा पाउनेछन् । सो कार्यक्रममा क्षयरोग निवारणका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो। उक्त शिविरबाट ८४ जना स्थानीयले सेवा लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here