चियापान

0
63

*******कविता*******

नेकपाको पितृमैत्री चियापान ।
कांग्रेसको सधैं ससुराली मैत्री ।
अरुहरुको पनि आफन्त मैत्री ।
मरेको बाउलाई केरा खाउ भन्ने ।
चल्ति चलनको नेपाली उखान ।

कांग्रेस पनि भिआइपिलाई तान्दै ।
भित्र भित्रै पालमुनी लैजान्छ ।
सर्वहाराको समेत यस्तै हाल छ ।
जताततै शोषकको सञ्जाल छ ।
यहाँ सत्य सामथ्र्यको अनिकाल छ ।

जिनमा बगेको जैविक जिवित छ ।
बाहिर देखाउने दर्शनको खोल छ ।
पिएपछि ओकल्ने अनौठो झोल छ ।
सडकपेटीमा बिजुलीको पोल छ ।
सर्वत्र अन्धकारको अन्यौल छ ।

यहाँ बिकाउ आगन्तुक आईरो छ ।
जरै सहित सडाउने खोईरो छ ।
पिँधैदेखी पल्टाउने पहिरो छ ।
अत्तरछरेर कोटमा नाक सुर्किन्छ ।
जनतालाई देख्यो भने झर्किन्छ ।

यस्तालाई सलाम ठोक्ने चलन छ ।
अरुलाई भकुण्डोको प्रचलन छ ।
ज्यामीले भकारी भण्डार भर्याे ।
अल्छी डाईंठेको अनिकाल टर्याे ।
हजुर ! लोकतन्त्रले पनि गर्नु गर्याे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here