‘अबको पत्रकारिता समाजको समृद्धितर्फ उन्मुख हुनुपर्ने’

0
323

पोखरा, पुस १ । अबको पत्रकारिता समाजको समृद्धितर्फ  उन्मुख हुनुपर्ने गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छिन् ।

आज पोखरामा क्रियाशील पत्रकार महिलाहरूको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचौ अधिवेशनको उद्घाटन गर्दै उनले मुलुकमा भएका राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूकिमा महत्वपूर्ण रहेको बताइन् ।

सत्य, तथ्य र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढाउन प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले समाजमा महिलाप्रति हुने विभेदको अन्त्यका लागि महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरिन् ।

अर्का सदस्य राजीव पहारीले महिला हक अधिकारसँगै उनीहरूले भोगेका दुःख र पीडालाई पत्रकारिता क्षेत्रले उजागर गर्नुपन जोड दिए । उनले पीडित महिलाको सहयोगगार्थ सञ्चारिका समूहले कोषको स्थापना गर्नुपर्ने बताएका छन् ।

सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष जमुना शर्मा वर्षाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समूहका उपाध्यक्ष विमला भण्डारी, महासचिव कविता श्रेष्ठलगायतले पत्रकारिता क्षेत्रमा महिलाको निरन्तरता आवश्यकता औंल्याइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here