१३आँै दक्षिण एशियाली खेलकूद (साग) : कुस्तीको तयारी सम्पन्न

0
38

काठमाडौं, मंसिर १८ । यही मङि्सर २० गतेदेखि २३ गतेसम्म १३आँै दकि्षण एशियाली खेलकूद (साग) अन्तर्गत जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ । कभर्ड हलमा सोका लागि खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी पाइएको छ ।

खेलकुद विकास समितिका प्रशासकीय प्रमुख विनोदकुमार सिंहले कुस्तीमा सहभागी हुनेमध्ये नेपाल र बङ्गलादेशका खेलाडि जनकपुरधाम आइपुगेका जनाएका छन् । उक्त खेलमा उनका अनुसार मालि्दभ्स र भुटान बाहेक नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका खेलाडी सहभागी हुने छन् ।

खेलमा पाकिस्तानबाट पुरूष टिमको मात्र सहभागिता रहने छ भने नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको महिला र पुरूष टिमको सहभगिता बताइएको छ । े प्रमुख सिंहले नेपालका खेलाडीका लागि जनकपुरधामको सिटी स्टार होटल, बङ्गलादेशका लागि बेलकम, भारत र श्रीलङ्काका लागि राजदरबार होटल र पाकिस्तानका लागि बर्दिवासको पावन मिथिला होटलमा व्यवस्थापन बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here