अमेरिकी सेना सिरियाबाट फिर्ता हुँदै

0
32

बेरुत, पुस २७ । सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुने क्रमको थालनि भएको छ । गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेको बताइएको छ । प्रवक्ता कर्णेल सीन रायानले जारी गरेकोे विज्ञप्ति अनुसार सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको छन् ।

सुरक्षाका कारण कुनै समय तालिका, स्थान वा सैनिकको यात्राका बारेमा केही बताउन सकिन्न विज्ञप्तिमा भनिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको संख्या घटाउन थालेको जानकारी प्राप्त भएको बताइएको छ । बिहीबार, केही अमेरिकी सैनिकहरुले उक्त हवाई अखडा छाडेको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले जानकारी गराएको स्रोतले बताएका छ ।

अमेरिकी राष्ट्रपतिको घोषणापश्चात अमेरिकी सैनिकको यो पहिलो फिर्ती भएको उनले जानकारी गराएको उल्लेख गरीएको छ । गत डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न आदेश दिएका थिए । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् ।

राष्ट्रपतिको उक्त घोषणाप्रति गठबन्धनमा आबद्ध राष्ट्रहरुले चिन्ता प्रकट गरेका थिए । राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट समेतका लडाकू समूहहरु परास्त भएकाले सिरियाबाट सैनिक फिर्ता गर्नुपरेको दाबी गरेको अन्तर्राष्ट्रिय समचार स्रोतले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here