प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने : कोइराला

0
310

चितवन, असोज २२ । प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्नेमा जोड दिएका छन् ।

पत्रकारसँगको कुराकानीमा कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका कांग्रेसले निभाउन नसकेको बताएका छन् ।

नेपाली कांग्र्रेस अल्मलिएको हो कि भन्ने देखिएको उनको भनाइ छ । संसदीय दल कमजोर बनेको उनले बताएका छन् । आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको उनले जनाएका छन् ।

नेपाल विद्यार्थी संघको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here