क्योकुसिन कराते टोली आज भारत प्रस्थान

0
246

काठमाडौँ, पुस ११ । पुस १४ देखि १६ गतेसम्म हुने प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनशिपका लागि तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको पश्चिम बङ्गाल प्रस्थान गरेको छ ।

सो प्रतियोगितामा पुरुष ६५ केजीमुनि रमेश दनुवार र गोपाललाल सिंह र महिला खुला तौलसमूहमा मञ्जु विकले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खलकुद परिषद् (राखेप)ले बताएको छ । भारत जाने अफिसियलमा रेवती सापकोटा र मीनबहादुर गुरुङ छन् ।

टोलीलाई अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आइएफकेके)का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले बिदाइ गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here