महासमिति बैठकका लागि कांग्रेसद्वारा उपसमिति गठन

0
52

काठमाडौँ, कात्तिक १३ । पार्टीको महासमिति बैठकको तयारीका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न उपसमिति गठन गरेको छ ।

पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापतिको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको बताए ।

बैठकले भक्तपुर कांग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौँ कांग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर कांग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ भने भक्तपुर कांग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ ।

आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय भएको उनले जनाए । काँग्रेस केन्द्रीय कार्यसमितिकोे गत भदौ ९ गतेको बैठकले महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा गर्ने निर्णय गरेको थियो ।  सोही बमोजिम कांग्रेसले महासमितिको बैठक काठमाडौँको भृकटीमण्डपमा गर्ने गरी तीव्र रुपमा तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here