कामपा २६ वडाको कार्यालय भवन शिलान्यास

0
283

काठमाडौँ, माघ ३ । काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय लैनचौरमा भवनको आज शिलान्यास गरिएको छ । पुरानो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनेपछि नयाँ भवन निर्माण थालिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको शिलान्यास गरेका हुन् । शाक्यले महानगरपालिकाले केन्द्रीय कार्यालयदेखि ३२ वटै वडामा नमूना भवन निर्माण गर्न लागि परेको जानकारी गराए ।

महानगरपालिकाले सबै वडा कार्यालयलाई व्यवस्थित गर्न लागेको उनले सुनाए । महानगरपालिकालाई सफा गर्न पाँच बु्रमर खरीद गरिएको उनले बताए । प्रदेश नं ३ का प्रदेशसभा सदस्य जीवन डङगोलले स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वय भए मात्र मुलुकको विकास हुने जानकारी गराइन् । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले समृद्ध नेपालका लागि महानगर समृद्ध तथा महानगर समृद्धका लागि वडा समृद्ध हुनुपर्नेमा जोड दिएकी छिन् ।

रु चार करोड ५० लाखमा आठ आना जग्गामा निर्माण गर्न लागिएको सो वडा कार्यालय भवन साढे तीन तले हुने वडाध्यक्ष ख्यामराज तिवारीले बताए । एक वर्षभित्र निर्माण गरिने सो भवन निर्माणको जिम्मा गौरीपार्वती र केएनकेजी जेभीलाई दिइएको बताइएके छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here