विवादका कारण खानेपानीको पाइपलाइनमा क्षति

0
230

बेत्रावती, वैशाख ३१ । विवादका कारण नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको छ ।

वडाध्यक्ष दलबहादुर तामाङले बताए अनुसार घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित बस्तीमा ल्याइएको खानेपानीको पाइप विभिन्न स्थानमा टुक्रा–टुक्रा बनाएर काटिएको छ ।

उनले सोमबार दिनभर लगाएर गाडिएको पाइप गए राति २५ भन्दा बढी टुक्रा बनाएर क्षति पु¥याइएको बताएका छन् । उक्त पाइपलाइनमा क्षति बनाउन सोही स्थानका असहमति राख्ने व्यक्तिको संलग्नता हुनसक्ने उनको ठहर छ ।

सोही स्थानका अन्य बस्तीका बासिन्दाले खानेपानी योजनाका लागि घट्टेखोला मुहानबाट पानी ल्याउन असहमति जनाउँदै आएका थिए । प्रहरीले विरोधका बीच योजना कार्यान्वयनमा ल्याएलगत्तै क्षति पु¥याइएकाले यसअघि सो योजनामा विवाद गर्ने स्थानीय व्यक्तिमाथि अनुसन्धान गरिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here