गोलभेँडामा टुटाकिराको प्रकोप देखिएसँगै किसान मर्कामा

0
267

नुवाकोट, ३० जेठ । नेपालमा गत बर्ष पहिलो पटक भित्रिएको टुटाकिरा यस पालि पनि गोलभँेडामा देखा परेको छ । भारतबाट नेपाल भित्रिएको टुटाकिरा गत वर्ष काठमाडाँै उपत्यका र त्यस वरपरका जिल्ला देखापरेको थियो ।

नेपालमा देखा पर्न थालेको यस किसिमको किराको प्रकोप यस वर्ष नुवाकोटमा देखा परेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले जानकारी दिए । दुई साताअघि देखा परेको किराले अहिले माहामारीको रुप लिएको छ । टुटाकिराले गोलभेँडाको पात, डाँठ देखि लिएर फल समेत खाइदिए पछि देउराली, बुङताङ, किम्ताङ लगायतका स्थानका किसानहरु मारमा परेका छन् ।

सो किराको नियन्त्रणका लागि किसानलाई तालिम तथा बास्नादार जाल वितरण गरेको गैरेले बताए । गोलभँेडाको बोट नजिकै जाल थापिने गरिन्छ । विषादीको प्रयोगले फलमा असर गर्ने भएको किरालाई जालमा पारेर कम गराउने विधि परीक्षणको रुपमा अपनाएको गैरेको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here