११ करोडको लगानीमा चिया प्रशोधन कारखाना स्थापना

0
44

भद्रपुर, कात्तिक १५ । सरकारले साना चिया किसानलाई ५० प्रतिशत अनुदान दिन थालेसँगै किसान आफैँले कारखाना शुरु गरेका छन् ।

साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले रु ११ करोडको लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारीले कारखाना स्थापना गरी आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधनको काम गर्न बुधबारबाट थालेको हो ।

सहकारीले उत्पादन गरेको चियाको नाम भने सिटिसी रहेको छ । यसअघि झापाको पृथ्वीनगर र बाहुनडाँगीमा पनि सहकारीले नै कारखाना सञ्चालन गर्दै आएका छन् ।

यस सहकारीले पनि ५० प्रतिशत नेपाल सरकारको अनुदान र आफ्नो ५० प्रतिशत लगानीमा चिया कारखाना खोलेको संस्थाका पूर्वलेखा संयोजक हरिकृष्ण अधिकारीले बताए ।

चिया खेतीमा सदस्यलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहकारीको माध्यमबाट कारखाना स्थापना गरी उत्पादन थालेको उनको भनाइ छ । सहकारीमा १२० जना सदस्य चिया खेतीमा आबद्ध छन् ।

दैनिक चार हजार किलो चिया उत्पादन गर्ने लक्ष्य लिएको सहकारीले तयारी चियालाई देशभर सहकारीले नै सञ्चालन गर्दै आएको सुपथ मूल्यको बजारबाट बिक्री गरिने लक्ष्य रहेको अधिकारीले बताए ।

जिल्लामा हालसम्म ३० वटाभन्दा बढी चिया प्रशोधन कारखाना सञ्चालित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here