नेकपाको दादागिरीविरुद्ध मधेस अाेर्लिए नेविसंघका महामन्त्री काफ्ले

0
93

काठमाडौं, कात्तिक १६ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन राज काफ्लेले सर्लाहीको रामनगर गाउँपालिका–४ मा भएको गोलीकाण्डका घाइतेलाई अस्पतालमा गएर भेटेका छन् ।

नेता काफ्ले जिल्ला अस्पताल पुगेर घाइते वडाध्यक्ष रामनरेश महतो र गोली लागेर घाइते भएका अन्य कांग्रेस कार्यकर्तासँग भेट गरेका हुन् ।

महामन्त्री काफ्लेघटनाबारे बुझ्न र आन्दोलनमा सहभागी हुन सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् । कांग्रेसले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने लगायतका माग राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here