भूकम्पपीडितको टहरोमा आगलागी हुँदा दुईको मृत्यु

0
46

जिरी, कात्तिक ९ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी भएको छ । उक्त आगोलागीमा परि एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा लागेको आगोमा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जनाएका छन् ।

आगलागीका कारण उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् । घाइते फुर्साङलाई उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याइएको दोलखा प्रहरीले बताएको छ ।

करीब बिहान २ बजे लागेको आगो साढे ४ मा प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा लिइएको थियो । वृद्धा डालकी अँगेना नजिकै सुत्ने गरेकाले उनले ओढेको कपडामा सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । परिवारमा सात सदस्य रहे पनि तीन जना मात्रै घरमा रहेको र अन्य सदस्य भने घरभन्दा आधा घण्टा टाढा गोठमा बस्दै आएकाले उनीहरुलाई केही भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here