दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन सकेनन्

0
335

ललितपुर, मंसिर २१ । दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउनबाट बञ्चित भएका छन् । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको संख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० पुगेको थियो । यो संख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र थालेदेखि अहिलेसम्मको हो ।

कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।

सो कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले बताएको छ । एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र लिन सकिरहेका छैैनन् ।

उनीहरुले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन् । त्यस्तो कागज बलियो नहुने पानीमा भिज्ने पछि अक्षर अक्षर घोटिएर जाने भएकाले हैरान भएको भक्तपुरका विराज नेपालको भनाइ छ । अक्षर मेटिएर दुई पटक फेरीसकेँ, उनले भने– अझै कति समय लाग्ने थाहा नभएर अहिले चहिँ लेमिनेशन नै गरेर राखेको छु ।

स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले दुई लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र पाउन नसकेका हुन् । कार्यालयमा सेवाग्राहीका धेरै खालका गुनासो आउने गर्छन् । तीमध्ये सबैभन्दा बढी सवारी चालक अनुमतिपत्रमा भइरहेको ढिलाइसँग सम्बन्धित छ ।

उनले भने– एक दिनमा धेरै जना मेरो लाइसेन्स बन्यो कि बनेन र कहिले आउँछ भन्दै सोध्न आउँछन् । घरबाट निस्कँदा नै गाली खानका लागि तयार भएर निस्कनुपरेको पौडेलको भनाइ छ । कार्यालयमा आउने सेवाग्रही धेरै खालको गुनासो लिएर आउने गरेका छन् । त्यसमा सबैभन्दा बढी चालक प्रमाणपत्रका लागि भइरहेको ढिलाइसँग सम्बन्धित हुने गरेका छन् ।

दैनिक २० जना जति मेरो लाइसेन्स कहिले आउँछ भन्दै आउँछन, हामीसँग दिने जवाफ हुँदैन उनले भने । दश महिनाअघि चालक अनुमतिपत्र परीक्षा पास गरेकी ठेचोकी रञ्जना महर्जन चार पटकसम्म चालक अनुमतिपत्र बने नबनेको बुझ्न कार्यालय आइसकेकी छिन् ।

हरेक पटक आउँदा उनले अनुमतिपत्र कहिले आउँछ भन्ने जवाफ प्राप्त गर्न सकेकी छैनन् । महर्जनले कार्यालयबाट बिदा लिएर हतारिएर चालक अनुमतिपत्र बनाएकी थिइन् । एक पटक पास नभएपछि एक साताभर तयारी गरेर अर्काे साता ट्रायल परीक्षा पास गरिन् ।

त्यतिको हतार गरेर पास गरे पनि उनले अझैसम्म चालक अनुमतिपत्र प्राप्त गर्न सकेकी छैनन् । यो कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्रको सुरुवातमा एउटा कार्यालय मात्रैमा यो सेवा थियो । गत वर्षदेखि देशभरका अञ्चल कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र प्रदान गर्न थालेका छन् । सबै अञ्चल कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ ।

त्यहाँ भएको उपकरण पर्याप्त नभएकाले समस्या भएको हो । पौडेलले भने– एकातिर पहिले लिइसकेकाको नवीकरण र अर्कातिर नयाँ बन्ने चालक अनुमतिपत्रमा स्मार्टकार्ड नै लागू भएको छ ।

बचालक अनुमतिपत्रमा भएको चिप (धातुको टुक्रा) उप्कने, वेवसाइड नखुल्ने, ढड्डा र कम्प्युटरमा फरकफरक विवरण हुनेलगायतका समस्या लिएर दैनिक सयौँ सेवाग्राही आउने गरेको कार्यालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here