समर्थनको सदुपयोग भएको नेता महताको आरोप

0
182

कैलाली, असोज ४ । दुई तिहाइ बहुमतको सरकारलाई दिएको समर्थनको दुरुपयोग भएको आरोप राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले लगाएका छन् ।

धनगढीमा एक कार्यक्रममा नेता महतोले संविधान संशोधन, बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता गर्नेलगायतका विषयका माग सम्बोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको तर अहिलेसम्म कुनै ठोस काम हुन नसकेको जानकारी गराए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका काण्ड भएको दुई महिना बितिसक्दा पनि अपराधी अहिलेसम्म नसमातिनु दुःखद् घटना भएको नेता महतोले बताए ।

कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले टीकापुर घटना आपराधिक घटना नभएर राजनीतिक मुद्दा भएकाले राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने धारणा समेत राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here