राजकीय शैलीमा शुभकामना दिने कम्युनिस्टहरुको दुइ जिब्रे चरित्र : नेबिसंघ केन्द्रीय सदस्य थापा

0
253

नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मनिशजङ थापाले कम्युनिस्टहरु दुइ जिब्रे चरित्रका भएको आरोप लगाएका छन् । यिनीहरु सँग आफ्नो कुनै सिद्धान्त नभएको सदस्य थापाको भनाइ छ ।

”कांग्रेसले गर्ने चियापान मेलमिलाप र एकताको प्रतीक भएको तर कम्युनिस्टहरुले गर्ने चियापानको नाटक अर्थहीन”

हिजो हिन्दु धर्म अफिम हो भनेर मठ मन्दिर भत्काउँदै हिड्नेहरु आज बिजया दशमी, दिपावली र छठको अवसरमा शुभकामना दिन तल्लिन रहेको भन्दै थापाले नेपाली कांग्रेसले बसालेको राष्ट्रियता लोकतन्त्र र समाजबादको जगमा आज कम्युनिस्टहरु महल बनाउने परिकल्पना गर्न थालेको बताएका छन् ।

अस्ति मात्र भएको नेकपाको चियापानलाई संकेत गर्दै नेता थापाले विदेशी तत्वहरुले नेपालमा हस्तक्षेप गर्न लागेको थाहा पाएपछि आफु माथि राजाले लागाएका फाँसी हुन सक्ने दुई दर्जनभन्दा बढी मुद्दाहरुको प्रवाह नगरी तत्कालै देश र राष्ट्रियताको रक्षाको लागि वि.सं.२०३३ सालमा जननायक बिपि कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किने बेला चियापान मार्फत राष्ट्रिय एकताको सन्देश खोजेको जसले गर्दा विदेशी तत्वहरुले नेपालमा चलखेल गर्न कम पाएको तर अहिले त्यसैको सिको गर्दै कम्युनिस्टहरु राज्यकोषको दुरुपयोग गर्दै तडकभडक गरेर चियापान गरेको आरोप लगाए ।

कांग्रेसले गर्ने चियापान मेलमिलाप र एकताको प्रतीक भएको तर कम्युनिस्टहरुले गर्ने चियापानको नाटक अर्थहीन रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here