कांग्रेसको महासमिति बैठकबाट आन्तरिक अनुशासन बलियो हुने जनपेक्षा : केन्द्रीय सदस्य थापा

0
513

नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य मनिश जङ्ग थापाले यहि मङ्सिर २० गते देखि पौष ३ गतेसम्म चल्ने नेपाली कांग्रेसको महासमिति बैठकबाट सबै जनताले आन्तरिक अनुशासन बलियो हुने अपेक्षा राखेको बताएका छन् ।

पार्टीमा बढ्दै गइरहेको आन्तरिक अनुशासन हिनताले पार्टी कमजोर बनाउन थालेको भन्दै नेता थापाले पाटी बलियो र एकढिक्का बनाउनका लागि महत्वपूर्ण भुमिका निभाउने हुँदा मिडियामा आफू चर्चित बन्नलाई पार्टी र सिद्धान्तलाई नै गाली गर्ने प्रवृत्ति पार्टीले नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

आगामी नेबिसंघको १२ औं महाधिवेशनमा अध्यक्षको समेत चर्चामा रहेका नेता थापाले पार्टीले आन्तरिक अनुशासन र हिन्दु राज्यको मुद्दालाई पार्टीको महासमिति बैठकबाट पास गराउनु अनिवार्य रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here