नारायणी नदीमा गैंडा मृत अवस्थामा फेला

0
167

भरतपुर, मंसिर १८ । आज बिहान भरतपुर महानगरपालिका–२६को नारायणी नदीमा गैँडा मृत अवस्थामा फेला परेको छ । सिसुवारको चितवन राष्टि्रय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गैंँडा मृत अवस्थामा भेटिएको हो ।

बिहान ९ः३० बजेको समयमा निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले खाग र खुरसहितको गैँडा भेटिएको जानकारी गराएका छन् । नदीले उक्त स्थानमा बगाएको अवस्थामा गैँडा भेटिएको थियो । निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले गैँडालाई बग्न नसक्ने गरी बाहिर निकालेको बताइएको छ ।

सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here