ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा निर्वाचन अधिकृतले मतपत्र बेपत्ता बनाए

0
2704

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा मतगणनामा खटिएका निर्वाचन अधिकृत युवराज महत सहितको टोलीले मत गणनामा धॉदलि गरेको प्रमाणित भएको छ ।

मानेभन्ज्याडं गॉउपालिका वाड नं २ वाक्साको मतगनणा गर्दा उनले मुचुल्का उठाएको मत मध्य सत्ताइस मत बेपत्ता पारेका थिए ति मध्य तिन मत गुजुल्टो पारेर फालेको भेट्टाए पछि सोध्दा आफुले बिस्कुटको खोल भनेर फालेको भन्दै युवराज महतले सरि भन्दै माफ मागे । शंका लागेर मत पत्र गणना गर्दा जम्मा मुचुल्का उठाएको नौ सय चौबिस मत मध्य बदर मत सहित आठसय सन्तानब्बे मात्र गनेको ख़ुलासा भएको छ ।

मतदान अधिकृत युवराज महतले बद नियत बस एमालेको मत बढाएर घोषणा गरेको कुरा पनि मानेभन्ज्याडं कै वडा नं ३ उँबुको मत गणना गर्दा ख़ुलासा भएको हो ।  उनले एमालेको मत एक सय सोह्र हुदा बढाएर एकसय चौवालिस भनेका थिए यसैगरी अध्यक्ष उपाध्यक्ष लगाएत एमालेको टिमैको पच्चिस तिस मत बढाएर घोषणा गरेपछि एजेन्टहरुले बिरोध गरि पुन जोड्नको लागि माग गरेपछि पुन जोड्दा मत बढाएको प्रमाणित भएको हो । उनले जोडाइमा गल्ती भएको भन्दै  माफि मागे पछि पुन तथ्य मत घोषणा गरिएको थियो । तर महतले वाडानं २ वाक्साको मत गणना भने नसकी नजोडीकनै एमालेको वडा अध्यक्षले पॉचमतले जितेको अरु सदस्य भने कॉंग्रेसले जितेको भनि हतार हतार घोषणा गरेपछि लुकाएका मतपत्र भेटीएको थियो ।

यसरी मानेभन्ज्याडं गॉउपालिका वडा नं २ वाक्साको मत पत्र लुकाएको कुरा सार्वजनिक पछि चर्को बिबाद उत्पन्न भएपछि माननीय रामहरी खतिवडाको पहलमा मानेभज्याडं गाउपालिकाको मतगणनाका केही कर्मचारी हेरफेर भएका छन। नेपाली कॉंग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार राममनि राइले मतगणनामा धॉदली गरी बिजयको घोषणा गरेपनि पुन गणना हुनुपर्ने माँग राख्दै न्याय को लागि जिल्ला अदालत ओखलढुडंगामा रिट दायर गरेका छन ।