अब गाउँपालिकाको सेवा किस्पाङ नामक मोबाइल एप्सबाटै

0
318

बेत्रावती, माघ १० । प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट नुवाकोटको किस्पाङ गाउँपालिकाले समेत प्रारम्भ गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ नामक मोबाइल एप्सबाटै सेवाग्राहीले गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

उनका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्ण विवरण, नागरिक बडापत्र, राजश्व–कर, योजनासम्बन्धी जानकारी, कानून एवं निर्दे्शिका, बजेट तथा निर्णयलगायतका शीर्षक समावेश गरिएको छ ।

लामा भन्छन्, –जनतालाई सेवा प्रवाह छिटो–छरितो एवं पारदर्शीरूपमा उपलब्ध गराउन एप्स सुविधा सञ्चालनमा ल्याएका हौं । घटना दर्ता, बोलपत्र आह्वान, गाँउपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी समस्या दर्ता तथा सुझाव र गुनासा अब इन्टरनेटको सहयोगमा जहाँ बसेर पनि मोबाइलबाटै सेवाग्राहीले गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये पहिलोे गाउँपालिकाका रूपमा किस्पाङ गाँउपालिकाले यहाँ रहेको लुमिनरी सफ्टवेयर बिल्डर कम्पनीमार्फत रु ५० हजार लगानीमा एप्स तयार पारिएको जानकारी पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here