पहिरोका कारण मुग्लिन सडक अवरुद्ध

0
509

चितवन, असार १८ । आइतबारबाट भइरहेको अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्ड अन्तर्गतको तोपेखोलामा आज ११ः५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएपछि हाल पहिरो पन्छाउने काम थाल्न नसकिएको प्रहरीले जनाएको छ । यसअघि आज बिहान तोपेखोला, जलविरे र मुग्लिन डाँडामा पहिरो खस्दा अवरुद्ध भएको यातायात बिहान ९ः१० बजे खुलेको थियो ।

अहिले तोपेखोलामा खसेको पहिरो भने निकै ठूलो रहेको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यको भनाइ छ ।

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला नजिक पनि पहिरो गएर यातायातको आवागमन रोकिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here