‘नाईँ नभन्नू ल ५’को पहिलो पोस्टर सार्वजनीक

0
638

काठमाण्डौ, असार १० । नाई नभन्नु ल को ५ औं सिरिज चलचित्र वर्ष कै बहुप्रतिक्षीत चलचित्र बनेको छ । यस चलचित्रको फस्टलुक सार्वजनिक भएुँगै निर्माण टिमले पोस्टरमा दुई जोडीलाई स्थान दिएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई डेब्यु ब्वाई अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग रोमान्टिक अवतारमा देखिएका छन् ।

यस चलचित्रको निर्देशन विकास आचार्यले गरेका हुन् भने उनले चलचित्रको कथा अनुसार फस्टलुक सार्वजनिक गरेको समेत जानकारी गराए । ‘नाईं नभन्नू ल ५ सदा झैं फेमली ड्रामा भएता पनि यो सिरिजमा भने फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएको निर्देशक विकास आचार्यले बताए । चलचित्रको रिलिज भदौ ८ गते हुने र चलचित्रमा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ ।

यस चलचित्रबाट अभिषेक नेपाल र सेड्रिना शर्माले डेब्यु गरेका हुन् । अभिषेकले स्वस्तिमाको जोडी भएर अभिनय गरेका छन् भने सेड्रिना अनुभवको जोडीको रुपमा देखिनेछन् ।

यस चलचित्रका लेखकद्वय विकास आचार्य र सामीप्यराज तिमल्सेना गरेका हुन् भने चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाले उक्त चलचित्रमा संगीत दिएका छन् भने चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here