सभापति देउवाले बोलाए असन्तुष्ट नेताहरुलाई निवासमा

0
441

काठमाडौँ, चैत ३ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्धमा मोर्चाबन्दी गरिरहेको भन्दै पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पार्टीमा चुलिएको असन्तुष्टि साम्य पार्ने उद्देश्यले सभापति देउवाले आफूविरुद्ध मोर्चाबन्दीमा सकिय रहेका नेताहरुलाई छलफलका लागि बोलाएको स्रोतले बताएको छ ।

सभापति देउवाले आज आइतबार दिउँसो साढे २ बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा छलफलका लागि पार्टीका शीर्ष तहका नेताहरुलाई बोलाएको बताइएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका शीर्ष नेताहरुका बीचमा आइतबार दिउँसो छलफल हुन गइहरेको बताएका छन् ।

उनले भोलि (सोमबार) बस्ने केन्द्रीय समिति बैठकभन्दा अगाडि सिनियर लिडरहरु पदाधिकारी, पूर्वपदाधिकारीहरु बसेर मिटिङको प्रि–छलफल हुन लगोको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here