मूल्यवृद्धिको विरोधमा नेविसंघले निकाल्यो सिठि जुलुस

0
1505

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले राजधानीमा सिठी जुलुस निकालेको छ।

सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजन गरेको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ।

जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत आज राजधानीमा सिठि जुलुससहित र्यली निकालिएको नेविसंघका केन्द्रिय सदस्य तारक केसीले जानकारी दिए ।

प्रदर्शनिमार्ग स्थित विश्व भासा क्याम्पसबाट सुरु भएको जुलुस पदमोदय मोड पुतलीसडक कमलादी घणटघर पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृह अगाडि आएर समापन गरिएको थियो ।

संघद्वारा घोषित कार्यक्रम अन्तर्गत २९ गते देश भर मशाल जुलुस निकाल्ने कार्यक्रम रहेको पनि केन्द्रिय सदस्य केसिले जानकारी दिए ।

जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here