चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा तीन जना चिकित्सक सिफारिश

0
206

काठमाडौँ, असोज २ । तीनजना चिकित्सकलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सिफारिश गरिएको छ ।

छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलका अनुसार चिकित्सक डि एन साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई उक्त पदमा सिफारिश गरिएको हो ।

न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले तीन जना चिकित्सकको नाम उपकुलपति पदमा सिफारिश गरेका हुन् ।

अब न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन जनामध्ये एकलाई उपकुलपतिमा छनोट गर्नेछन् । १६ चिकित्सकमध्येबाट कार्यक्षमताका आधारमा तीनजनाको नाम छनोट गरिएको कामु सचिव प्याकुरेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here