आगलागी हुँदा तीन जना घाइते

0
35

भक्तपुर, कात्तिक १८ । मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगो लागेको छ । उक्त आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।

सो आगोलागीमा परी शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा घाइते भएका छन् ।

घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको जानकारी गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here