खोई सिङ्गो देश ……………..?

0
258

कविता

ए राष्ट्रबादी !
खोई चौध वटा सिङ्गापुर बराबरको देश ?
हामीलाई चौध गुमाएर ।
एउटा सिङ्गापुर चाहिँदैन ।
न त हामीलाई स्वीजरल्याण्ड ।
हामीलाई पुर्खाले आर्जेको ।
सग्लो देश चाहियो ।
कालो धन थुपार्ने ।
स्विजरल्याण्डमा हाम्रा पितृ रमाउँदैनन् ।
त्यो म्लेच्छेको देश चाहिँदैन ।
मंङ्गोलको देश पनि नदेखाउ ।
हामीलाई हाम्रै भुमि देखाउ ।
तिम्रा विकासे भाषण ।
विनासे मनोवृत्ती बन्द गर ।
हामीलाई जानकी ,बुद्ध भृकुटी दिनु छैन ।
अरुको जिसस आँखा लाईंदैन ।
हामी हाम्रो मेची काली गुमाउँदैनौं ।
सट्टामा धन र पद कमाउँदैनौं ।
खबरदार ! खबरदार ! खबरदार !
जनता जवाफ चाहन्छन् ।
किनुवा रवाफ चाहँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here