विसं २०७६ को पात्रो माघ १५ मा नै बजारमा

0
42

काठमाडौँ, पुस ३० । विसं २०७६ सालको पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा समावेश गरिनु पर्ने भएकाले छिटो बजारमा ल्याउनुपर्ने तमाम जनताले माग गर्ने गरेको पञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।

समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताएका छन् । यस वर्ष पनि सार्वजनिक बिदा पञ्चाङ्गमा समावेश गर्न नसकिएको समितिले जाकारी गराएको छ ।

सार्वजनिक बिदा सरकारले निर्णय गरेअनुसार हुने भनी उल्लेख गरिएको उनले बताए । दशैँ, तिहार लगायत साइत पात्रोमै दिन माग भए पनि शास्त्रीय मान्यताअनुसार त्यसो नगरिएको समितिले बताएको छ । समितिले स्वीकृति नदिएका पात्रो उपयोग गरी कुनै फरक पर्न सक्ने भएकाले सचेत हुन सबै ग्राहक वर्गलाई आह्वान गरिएको अध्यक्ष गौतमले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here