कांग्रेस संसदमा आक्रामकरुपमा प्रस्तुत हुन सकेन ः वरिष्ठ नेता पौडेल

0
313

चितवन, कात्तिक २७ । संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपर्ने त्यस्तो भुमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेसका हरेक संसदलाई विचारले आक्रामकरुपमा प्रस्तुत गर्नु पर्ने बताउँदै नेता पौडेलले भने मलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता छ । पार्टी निर्वाचनमा के कारणले हा¥यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई कसरी सुधार्न सकिन्छ, भन्ने चिन्ताले सदा सताएको बताउँदै वरिष्ठ नेता पौडेलले भने, पदमा को बस्ने भन्ने चिन्ता छैन ।

उनले सोमबार सुजाता निवासमा खाना खान बोलाएर गएको जानकारी गराए । राजनीतिक विषयमा चर्चा मात्रै भएको बताउँदै उनले सामान्य ‘हाई हेल्लो’ मात्रै भएको स्पष्ट पारे । आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको समेत उनले जानकारी गराए ।

नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताएका छन् । प्रक्रिया पु¥याएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उनले प्रष्ट्याए । गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो तर प्रक्रिया मिलाएर गरौँ भन्ने हो उनले भने ।

केन्द्रीय समितिमा सदस्य बढाउनुपर्ने भन्दै सदस्य बढेमा पदाधिकारी स्वतः बढ्ने उनले बताए । सरकारका कामप्रति टिप्पणी गर्दै पौडेलले अहिलेको सरकार समय अनुकूल रहेर पनि हल न चलको अवस्थामा पुगेको आरोप लगाएका छन् । उनले विपक्षी शान्त भलाद्मी तरिकाले बसेको , जनता निरास अबश्थामा रहेको र यस्ता कुरालाई कांग्रेसले मध्य नजर गर्दै अगाडी बढ्नु पर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here