इथियोपियाका पूर्वप्रधानमन्त्री सहित १२ जनाको टोली पोखरामा

0
58

पोखरा, कात्तिक १९ । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन् । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन् ।

आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले जानकारी गराए । नेपालमा स्थिर सरकार गठन भएसँगै विकासको गति सहज भएको भन्दै आर्थिकस्तर बलियो बनाउन सकिने टोलीले विश्वास व्यक्त गरेको थियो ।

पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना रहेको ठहर गरेको छ । नेपालको विकासका लागि पर्यटन र कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने भ्रमण दलका सदस्य तथा अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृत बेन स्मिथले बताए ।

यसैबीच टोलीले पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्द ज्योति माविको स्थलगत अवलोकन भ्रमण गर्नुको साथै आर्थिक सहयोगसमेत गरेको छ । उक्त विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सहयोग दुई हजार पाँच सय अमेरिकी डलर टोलीले सहयोग गरेको छ ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं सङ्घीय सभासद् खगराज अधिकारीले यस क्षेत्रमा भएको लेन सम्राटसहितको टोलीको भ्रमणले समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here