विद्यार्थीलाई पोसाक वितरण

0
31

बद्री पन्त
जाजरकोट, पुस २६ । नेपाली काँग्रेसका युवा नेता तथा विकासका लागि सहकार्य संस्थाका अध्यक्ष मुक्तिप्रसाद आचार्यको समन्वय जाजरकोटको भेरी नगरपालिका ११ कटीगाउँ स्थित जनज्योति प्राथमिक विद्यालयका बालवालिकालाई विद्यालय पोसक वितरण गरीएको छ । विद्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरी पोसाक वितरण गरीएको हो ।

आचार्यको समन्वय र पहलमा कोरियाको वल्याक याक अर्थात कालो चौरी नामको कम्पनीको सहयोगमा कक्षा १ देखि ३ सम्मका १ सय ४२ जना दलित विद्याार्थीहरुलाई विद्यालय पोषाक वितरण गरिएको नेता आचार्यले वताएका छन् । उनले विद्यालयमा पुर्याईएका पोषाकहरु विशेष कार्यक्रमका विच जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद शर्मा र वडाध्यक्ष लक्ष्मीप्रसाद जैसीको उपस्थितिमा वितरण गरिएको थियो ।

जिल्लाका विपन्न तथा दलित समुदायका वालवालिकाहरुको पढाइमा सहयोग गर्नका लागि आफुले कोरियाको उक्त कम्पनीसँगको सहकार्यमा उक्त पोषाकहरु वितरण गरेको आचार्यले जानकारी गराए । विद्यालयका दलित वालवालिकाहरुलाई पोषाक वितरणले उनीहरुको पढाइमा ठुलो सहयोग गर्ने जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद शर्माले वताए । उपप्रमुख शर्माले सहयोग सानो भए पनि विपन्न तथा दलित वालवालिकाहरुलाई पढाइ प्रति आकर्षित गर्न महत्वपुर्ण भुमिका खेल्ने वताएका छन् । 

विद्यालय पोषाकले दलित विद्यार्थीहरुलाई ठुलो राहत मिलेको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद शर्माले सुनाए । यो सहयोगले विद्यालयमा विद्यार्थीको नियमितता कायम गर्न र उनीहरुलाई पढाइमा सक्रिय वनाउन सहयोग पुग्ने विश्वास विधालयको रहेको प्रधानाध्यापक शर्माले जानकारी गराए । यसैगरी आचार्यकै समन्वयमा भेरी नगरपालिकाकै वडा नम्वर ११ मटेला स्थित चतृरमाला प्राथमिक विद्यालयमा पढ्ने १ सय र त्रिभुवन आधारभुत विद्यालय रिसांड्डमा पढ्ने २ सय ५० जना विपन्न विद्यार्थीहरुलाई पनि विद्यालय पोषाक वितरण गर्ने कार्यक्रम रहेको आर्चायले जानकारी गराए ।

भेरी नगरपालिका विभिन्न तीन विद्यालयका ५ सय १७ जना दलित र विपन्न विद्यार्थीहरुलाई वल्याक याक कम्पनीको ८ लाख वरावरको सहयोगमा विद्यालय पोषाकहरु वितरण भइरहेको आचार्यले बताएका छन् । जाजरकोटको भेरी नगरपालिकाका विपन्न जनताको वस्ती भएका स्थानका वालवालिकाहरुलाई उनीहरुको पढाइमा सहयोग गर्न पोषाक सहयोग गरिएको उनले स्पष्ट पारे ।

पोषाक पाएपछि दलित विद्यार्थीहरु निकै खुसी भएका थिए । कोरियाको उक्त कम्पनीले जुत्ता, ज्याकेट र सुचना प्रविधि अर्थात आइटी सम्वन्धी सामाग्रीहरु उत्पादन गरेर सन्सारका विभिन्न देशहरुमा निर्यात गर्दै आएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here