क्षेत्रिय तथा नगर सचिवहरुको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न 

0
98

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस काठमाडौंका क्षेत्रिय तथा नगर सचिवहरुको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । दुई दिने प्रशिक्षण कार्यक्रमको पहिलो दिन नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा नेता सिंहले संगठनको मुटु भनेको सचिवालयमै हुने बताउनुभयो ।

कांग्रेसलाई अझ सुदृढ बनाउन सबै तहमा यस प्रकारका प्रशिक्षणको आवश्यकता रहेको बताउदै प्रशिक्षणले कांग्रेसजनलाई पुनर्ताजगी बनाउने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा भएको प्रशिक्षणमा सभापति सबुज बाँनियाले यस प्रकारका प्रशिक्षणहरु काठमाडौं विभिन्न तहमा निरन्तर गर्दै जाने बताउनु भयो ।

दुई दिने प्रशिक्षण कार्यक्रमका संयोजक एवम् काठमाडौं कांग्रेसका सचिव राजकुमार नकर्मीले कुनै पनि संगठन वा संस्थालाई चलायमान गराउन सचिवालयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

त्यसैगरी प्रशिक्षणको समापन समारोहमा काठमाडौं कांग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीले प्रशिक्षणमा सहभागीहरु र प्रशिक्षकहरुलाई धन्यवाद दिदै अहिलेको अवस्थामा कांग्रेसलाई नयाँढंगले अगाडी बढाउन प्रशिक्षण अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख एवम् सहभागी शान्ती नेपालले प्रशिक्षण संगठन मजबुत पार्न कोसेढुंगा सावित हुने अनुभव बटुलेको उल्लेख गर्नुभयो । कार्तिक ३० र मंसिर १ गते दुईदिनसम्म नगरकोटमा भएको प्रशिक्षणमा पहिलो दिन सचिवालयको व्यवस्थापन सम्बन्धि अर्पण प्रधानले प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी दोस्रो दिन नेपाली कांग्रेस प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् हरेकपल डटकमका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले वर्तमान अवस्थाको कांग्रेस, राजनीति र अवको यात्रा विषयमा राजनीतिक प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी सञ्चार व्यवस्थापनमा सामाजिक सञ्जालको प्रयोगका विषयमा नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले प्रशिक्षण दिनुभएको काठमाडौं कांग्रेसका सचिव राजकुमार नकर्मीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here