जागरण अभियानले नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन हुन्छ :कांग्रेस

0
314

काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसले जागरण अभियान नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबारदेखि देशभरी शुरु भएको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानले कांग्रेसलाई ऊर्जा मिलेको बताएका छन् ।

कार्यक्रमको नवीन स्वरूपको कार्यान्वयनमा कतिपय जिल्लाले शुरुआती अप्ठ्यारो अनुभूत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको छ,उनले भने । उनले हिमालदेखि तराईसम्मका अधिकांश जिल्ला जागरण अभियान एकैसाथ सञ्चालन भए पनि मोरङ, इलामलगायतका जिल्लामा व्यावहारिकताका कारण विहिबारबाट मात्र अभियान प्रारम्भ गरिएको जनाएका छन् ।

प्रवक्ता शर्माले कार्यक्रम स्वरूपको ठोस परिवर्तनले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यससम्बन्धी आवश्यक छलफल र सार्थक बहस प्रारम्भ भएको उल्लेख गरेका छन् । उद्घाटन कार्यक्रमको अभिव्यक्तिमार्फत ‘पार्टीलाई नवीन सन्दर्भमा नवीन ढङ्गले सुदृढ गर्दै, वर्तमान सरकार गरेका गल्ती कमजोरी औँल्याउन पार्टी शीर्ष नेतृत्व एवं केन्द्रीय प्रतिनिधिबाट एउटै स्वर र भावना प्रकट भएको छ, उनले भने ।

प्रवक्ता शर्माले पार्टीको स्थानीय निकाय हुँदै आमजनता समक्ष सम्प्रेषण गर्ने क्रममा दोस्रो दिनबाट अभियान क्षेत्र र गाउँ–नगर तहमा प्रविष्ट भएको जानकारी गराएका छन् । कांग्रेसले जागरण अभियानलाई सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here