नायकको रुपमा गायक प्रेम परियार

0
79

काठमाडौं, मंसिर १८ । सुपर चलचित्र ‘नाईं नभन्नू ल २’ मा ‘मर्ने कसैलाई रहर हुँदैन’ भन्न्ने चर्चित गीतमा आवाज दिएर चर्चामा आएका हुन गायक प्रेम परियार । अब उनी फिल्ममा हिरोे बन्ने भएका छन् । उनको आवाजमा केही वर्षयता देखि परिवर्तन आएकोले गर्दा गीत गाउन कम गरेका हुन । उनले ‘पर्खी बसे फर्कि आउँछु’ नामक फिल्मबाट अभिनय करिअर अगाडी बढाउन लागेका हुन् । उनको यो फिल्मको सोमबार दाङको तुलसीपुरमा शुभ मुहूर्त गरिए संगै छायांकन समेत गरिएको जानकारी पाइएको ।

फिल्ममा रोशन कुमार थापा प्रस्तुतकर्ता रहेका छन् भने यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेका छन् । प्रेमकथामा आधारित भई निर्माण हुने फिल्ममा पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज विसीलगायतका कलाकारहरुको जोडदार पनि अभिनय रहनेछ ।

उक्त चलचित्रलाई यसै वर्ष प्रदर्शन गर्ने तयारी निर्माण टिमले बताएका छन् । निर्देशक राज बहादुर सानेले फिल्मले एउटी अपाङ्ग युवतीको यौवन अवस्थामा हुने रहर र जीवन संघर्षको कथा बोल्ने बताएका छन् । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । अरुण सुनारले बसन्त सापकोटारएलिस कार्कीरकृष्ण भारद्वाजरकर्साङ्ग लामाको संगीत र सानु कुमार महर्जनको द्वन्द रहने फिल्मलाई खिच्नेछन् । पछिल्लो पटक फिल्म …पोइ र्पयो कालेÚ को गीतमा गायक परियारले आवाज दिएका थिए ।

उनका लागि नायकको रुपमा आफूलाई स्थापित गर्न यो फिल्म चल्नैपर्ने जरुरी हुन्छ । हेरौं उनको क्ष्मताको प्रशंसा त हामीले गीत मार्फत धेरै हेरौं र गर्यौ पनि अब पालो हो नायकको रुपमा देख्ने । उनले दर्शकको मन कतिको जित्न सक्छन् त्यो भने समयले नै बताउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here