‘राष्ट्रिय चलचित्र पुरस्कार’ राष्ट्रप्रमुखको हातबाट प्रदान

0
170

काठमाण्डौ, असार ३० । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जुन पुरस्कार राष्ट्रप्रमुखको हातबाट प्रदान गरिने देशको सबैभन्दा गरिमामय उत्सवमा सधैं हेला गरेजस्तो देखिदै आएको छ । तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष शम्भुजित बाँस्कोटाले राष्ट्रले बेवास्ता गरेको यो अवार्ड २०६२ असार २७ मा सुरुवात गरेका थिए । उनले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहलाई ल्याएर सम्पन्न गराएका थिए । तर, त्यसपश्चात राष्ट्रिय अवार्ड निरन्तर रुपमा भने भएको छैन ।

साल २०६२ पछि चार वर्षको अवार्ड एकमुष्टमा २०६५ सालमा प्रदान गरिएको थियो । त्यसपछि तत्कालीन बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले २०६७ देखि २०७० सम्म गरी चार वर्षको अवार्ड राष्ट्रपति रामवरण यादवको हातबाट प्रदान गरे । तत्कालीन बोर्ड अध्यक्ष राजकुमार राईले पनि आफ्नो कार्यकालमा २०७१ र २०७२ को राष्ट्रिय अवार्ड गर्न सफल भए । तर, त्यसपछि तीन वर्ष राष्ट्रपतिले समय नदिँदा अवार्ड नै हुन सकेन ।

निकिता पौडेलले अध्यक्षबाट राजीनामा दिएपछि बोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त भएका थिए । उनको सामुन्ने रोकेर बसेको ’राष्ट्रिय चलचित्र पुरस्कार’ गर्नुपर्ने ठूलो चुनौती रहेको थियो । राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको उपस्थितिमा अन्ततः उनले तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्डसम्पन्न गरेका छन् । शुक्रबार साँझ राष्ट्रपति निवासमा । यसलाई अध्यक्ष भट्टराईको ठूलो सफलता मानिएको छ । तर, दुर्भाग्य ! सदाझैँ यसपटक पनि राष्ट्रिय अवार्ड विवादीत बनेको छ ।

अवार्ड पाउनेले खुसी हुँदै राष्ट्रपतिको हातबाट प्राप्त गरेको अवार्डको तश्विरले सामाजिक सञ्जाल रंग्याएका छन् भने, अवार्ड नपाउनेले फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरिरहेका छन् । प्राइभेट कम्पनीले गर्ने अवार्डभन्दा पृथक नदेखिएको राष्ट्रिय अवार्डमा अभिनेता सरोज खनाल राष्ट्रपति भवनमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा बसेको तश्विर सार्वजनिक भएपछि ’राष्ट्रिय चलचित्र पुरस्कार’ को गरिमामा ठूलो आँच पुगेको धेरैको ठहर छ ।

’राष्ट्रिय चलचित्र पुरस्कार’ कार्यक्रममा अवार्ड पाउनेले भएको देशलाई नै लज्जित गराउने घटनाको विषयमा मुख खोलेका छैनन् । सबै अवार्ड कार्यक्रममा खिचेका फोटो फेसबुकमा पोस्ट्याएर बधाई खानै व्यस्त छन् ।

अवार्डमा उपस्थिति जनाउने र अवार्डको हकदार भएर पनि ‘ठिकै छ’ भनेर चित्त बुझाउन बाध्य कलाकार, निर्देशक तथा निर्माताले भने राष्ट्रपति भवनमा कलाकारको भएको अपमान र बाँडिचुँडि रुपमा बाँडिएको अवार्डको खुलेरै विरोध गरेका छन् ।
साभारः फिल्मीखबर डट कम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here