राष्ट्रकवि १०० वर्ष प्रवेश, राष्ट्रपतिद्वारा जन्मदिनको शुभकामना

0
391

काठमाडौँ, असोज ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०० वर्ष प्रवेश गरेको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगि जन्मदिनको शुभकामना दिएकी छिन् ।

राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै राष्ट्रपति भण्डारीले शुभकामना दिएकी हुन् । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कविको रुपमा आम मनश्पटलमा बस्न सफल भएका व्यक्ति हुन् ।

१०० वर्ष प्रवेश गर्दा समेत राष्ट्रकवि घिमिरे विभिन्न लेखनवृतका काममा सक्रिय देदिन्छन् । नवप्रवेशि कविहरुका लागि उनी प्रेरणाको पात्रका रुपमा समेत चित परीचित मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here