आवश्यक कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

0
172

लहान, मङ्सिर १६ । सिरहास्थित मालपोत कार्यालयको कार्यालयमा कर्मचारी अभावका कारण काममा समस्या भएको छ । आवश्यक कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा ११, खरिदार नौ, सहलेखापाल एक, करार अस्थायी दुई, सवारीचालक एक, श्रेणीविहीन १० गरी ३८ जनाको दरबन्दी छ । तर मालपोत कार्यलयमा हाल मालपोत अधिकृतसहित १७ जना मात्र कर्मचारी रहेको कार्यालयका नायबसुब्बा तथा सूचना अधिकारी सुधीर यादवले बताए ।

आवश्यक कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित हुनुको साथै मोठ फाँटलगायतका महत्वपूर्ण फाँटसमेत बन्द रहँदै आएको छ । कर्मचारी अभावले एउटै कर्मचारीलाई दुईदेखि तीन फाँटसम्म हेर्ने गरी जिम्मा लगाइएको छ । जसका कारण सेवाग्राहीले समयमा सेवा प्राप्त गर्न नसक्ने अवस्था छ ।

कार्यालय प्रमुख र अन्य आवश्यक कर्मचारी नहुँदा कार्यालयको कामकाज पूर्ण प्रभावित हुँदै आएको सूचना अधिकारी यादवको भनाइ छ ।

कर्मचारी नहुँदा काममा देखा परेको समस्याबारे पटक–पटक विभाग र मन्त्रालयमा मौखिक र लिखित जानकारी गराउँदा पनि आश्वासन बाहेक केही पाउन नसकिएको उनको गुनासो छ ।

प्रत्येक दिन कार्यालय खुलेसँगै सेवाग्राहीले कार्यालय भरिभराउ हुने गरे पनि जनशक्ति अभावका कारण सेवाग्राही निकै सास्ती खेप्न बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here