साझा यातायातले स्थानीय र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने

0
45

ललितपुर, कात्तिक १५ । स्थानीय सरकार र प्रदेश सरकारसँग साझा यातायातले सहकार्य विस्तार गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले दुई वर्षपहिले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले जनाएका छन् ।

नगरपालिकाले नगरवासीको सुविधाका लागि साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको उनको भनाइ छ । प्रदेश सरकार पनि साझासँग सहकार्य गर्नका लागि इच्छुक देखिएको छ । अरू धेरै नगरपालिकाले साझाको शेयर खरीद गर्न चाहेका छन् ।

हामीले नगरपालिकालाई शेयर दिने र त्यहीँबाट बस किनेर सञ्चालन गरिरहेका छौँ – उनले भने । ललितपुर महानगरपालिकाले रु १५ करोड, ललितपुर महानगरपालिकाले रु एक करोड, गोदावरी नगरपालिकाले रु १० लाख र महालक्ष्मी नगरपालिकाले रु १५ लाख शेयर खरीद गरिसकेका छन् ।

काठमाडौँ उपत्यकाका नगरपालिकासँग सहकार्य बढाएसँगै साझाले सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गरिरहेको छ । पहिले साझाले नगरका भित्री भागमा मात्रै सेवा सञ्चालन गरेकामा अहिले भक्तपुर, लामाटार, गोदावरी र बूढानीलकण्ठसम्म सेवा विस्तार गरेको छ ।

पाण्डेयले भने– अरू स्थानीय तहसँग पनि सम्बन्ध बढाएर सेवा विस्तार गर्दै लैजाने योजना छ । एशियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई प्रदान गरेको विद्युतीय बस पनि साझाको व्यवस्थापनमा केही समयका लागि काठमाडौँ उपत्यकामा नै गुड्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here