अजितकुमारलाई सम्मान गरिदै

0
182

पोखरा, वैशाख २७ । एशियन युथ एथलेटिक्समा स्वर्ण पदकप्राप्त गरेका अजितकुमार यादवलाई पोखरामा सम्मान गरिने भएको छ ।

भुतपूर्व खेलाडी मञ्च नेपालले भोलि पोखरामा हुने १०औँ वार्षिक साधारणसभाको अवसरमा नगदसहित सम्मान गर्न लागेको हो ।

अजितले गत चैत महीनामा हङकङमा सम्पन्न ३००० मिटर दौड ८ मिनेट ३०ः३२ सेकेण्डमा पार गरेर नेपालका लागि स्वर्ण पदक जितेका थिए । सो जित युवा एथलेटिक्सले नेपालका लागि अन्तर्रा्ष्ट्रिय ऐरिनामा बनाएको पहिलो रेकर्डसमेत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here