सपुतलाई तुच्छ शब्दको प्रहार गर्नेलार्ई विश्वकर्मा समाज बागलुङद्वारा कारवाहीको माग

0
165

काठामडौं, असार ११ । गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक अभिव्यक्ति दिनेको कमी मात्र छैन उनलाई धेरैले तुच्छ शब्दको प्रहार समेत गरेका छन् ।

उक्त विषयमा कारवाहीको माग समेत गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिका टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।

‘‘नेपाल सरकारसमक्ष नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही गर्न माग गर्दछौँ”, विज्ञप्तिमा जारी छ । समाजले जातीय तथा सामाजिक सद्भावमा असर पुग्ने गरी सामाजिक सञ्जालमा विचार, टिप्पणी नराख्न पनि सबैसँग अनुरोध गरेको छ ।

“कहीँ कतैबाट सामाजिक सद्भाव भड्किने खालका गतिविधि हामीलाई मान्य नभएको समाजका संयोजक ताराबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गायक तथा सङ्गीतकार राईले सपुतलाई लय चोरीको आरोप लगाउँदै आएका छन् । सोही विषयलाई लिएर सपुत र राईको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा टिका टिप्पणी भइरहेको छ । ससंद्मा जातीय विभेद झल्कने गरी सपुतमाथि गरिएको दुव्र्यवहारको विषय पुगेको थियो ।

उक्त घटनाप्रति आपत्ति व्यक्त गर्दै दलित समुदायका केही सासंदहरुले कानूनी कारवाहीको माग गरेका थिए । बागलुङको धम्जामा जन्मिएका गायक सपुत र शान्ति श्री परियारले गाएको लोकदोहोरी गीत ‘गलबन्दी’ अहिले दर्शकलाई निकै तताइरहेका बेला यस्तो खबरले जो कोहीलाई पनि चकित पार्न सक्छ ।

सपुतको गीतले दर्शकको मन मात्र जितेक छैन उनले लोक भाका प्रयोग गरि संस्कृतीको पनि जर्गेना गरेका छन् । उनी भन्छन् मैले यो गीत सर्जक शम्भु राईको चोरेको नै हैन तर पनि केही भाका मिलेको र उनले गीतले लय चोरेको आरोप गायक शम्भु राईले लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here